Nepalese Flag २०७७ फागुन १६ गते आइतबार   |   February 28, 2021

बाक्लो हुस्सु र अत्यधिक चिसोका कारण विद्यालय बन्द

न्युज कारोबार काठमाडौं माघ १५, २०७७       

बाक्लो हुस्सु र अत्यधिक चिसोका कारण विद्यालय बन्द
बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द गरिएको छ । स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र शुक्रबार बिदा गरिएको सैनामैना नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए । बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै विद्यालय बन्द भएकाले सो निर्णय कार्यान्यवन गर्न विद्यालयलाई निर्देशन दिइएको छ । नगरपालिकामा कूल एक हजार ८३६ निजी तथा सार्वजनिक विद्यालय छन् । (रासस)

सम्बन्धित खबरहरु