Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

नारायणगढको महाबौद्ध सहकारीले गर्‍यो, सुविधामा सहजीकरण

न्युज कारोबार काठमाडौं माघ १४, २०७७       

नारायणगढको महाबौद्ध सहकारीले गर्‍यो, सुविधामा सहजीकरण
चितवनको नारायणगढस्थित महाबौद्ध सहकारीले प्रविधिको उपयोग गर्दै सदस्यको सुविधामा सहजीकरण सुरु गरेको छ । सो सहकारीले नेपाल राष्ट्र बैंक तथा विभिन्न निकायले जारी गरेको निर्देशन अनुसार आफ्ना सदस्यको विवरण अपडेट गर्नका लागि गुरु इन्फोसिस प्रालिसँग सहकार्य गरी इ-केवाईएम सेवा सुरु गरेको हो । महाबौद्ध सहकारीका सदस्यले घरमै बसेर कुनै पनि बेला आफ्नो विवरण अपडेट गर्न सक्ने सहकारीले जनाएको छ । सहकारीका सदस्य आफ्नो व्यक्तिगत विवरण, पारिवारिक विवरण, व्यावसायिक विवरण, तीन पुस्ते विवरण, हकवालाको विवरण, आम्दानी स्रोत, फोटो, परिचयपत्रलगायतका विवरण अपडेट गर्न सक्ने सो सहकारीले जानकारी दिएको छ । सम्भवत: नेपालको सहकारी क्षेत्रमै यो पहिलो कदम भएको भन्दै महाबौद्ध सहकारीले यो सेवा सुरु भए लगतै सदस्यहरु लाइन बस्न पर्ने झन्झट मुक्त हुने दाबी गरेको छ । अहिले कोभिड-१९ महामारीका कारण भौतिक रूपमा उपस्थित हुन नसक्ने अवस्थामा सदस्यहरूले अनलाइनबाट विवरण दाखिला गरे पनि नेपाल राष्ट्र बैंक, सहकारी विभागलगायतका नियमानुसार पछि दस्तखतसहित विवरण प्रमाणीकरण गर्नुपर्ने गुरु इन्फोसिस प्रालिका कार्यकारी अधिकृत सुधीर सापकोटाले जानकारी दिए । सहकारी सदस्यहरूको यसरी व्यक्तिगत विवरणलाई सहज विधिबाट अद्यावधिक गर्न सकिने सुविधा सम्भवत: सहकारी क्षेत्रमै नेपालमै पहिले पटक प्रयोग गरिएको उनको भनाइ थियो । महाबौद्ध सहकारीले विगतमा मोबाइल बैंकिङ , रिचार्ज र ब्यालेन्स जानकारी लागि मिस्ड कल बैंकिङ, बजार प्रतिनिधिका लागि अनलाइन ट्याबलेट बैकिङ प्रयोगमा ल्याइसकेको विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित खबरहरु