Nepalese Flag २०७८ वैशाख ५ गते आइतबार   |   April 18, 2021

ज्योति विकास बैंकको १० प्रतिशत बोनस सेयर पारित

न्युज कारोबार काठमाडौं माघ १४, २०७७       

ज्योति विकास बैंकको १० प्रतिशत बोनस सेयर पारित
ज्योति विकास बैंकको १३औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । कोरोनाभाइरस (कोभिड- १९) महामारीको जोखिमका कारण साधारण सभामा अनलाइन (भर्चुअल) प्रविधिमार्फत सहभागी हुने पनि व्यवस्था गरिएको थियो । सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीहरुलाई हाल कायम भएको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले १० प्रतिशत बोनश सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २३ हजार रूपैयाँ पुगेको छ । साथै, साधारणसभाले ज्योति विकास बैंक लि. संस्थापक सेयरधनी समूहको तर्फबाट हरि चन्द्र खड्का, सन्तोष अधिकारी तथा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट नरेश राज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले ३ लाखभन्दा बढी खाताबाट करिब ४६ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीलाई करिब ३७ अर्ब लगानी गर्न सफल भएको छ ।

सम्बन्धित खबरहरु