Nepalese Flag २०७८ वैशाख ३ गते शुक्रबार   |   April 16, 2021

ग्लोकल आफ्टर स्कुलद्वारा अनलाइन सिकाई सम्मेलनको प्रतिवेदन हस्तान्तरण

न्युज कारोबार काठमाडौं असार २५, २०७७       

ग्लोकल आफ्टर स्कुलद्वारा अनलाइन सिकाई सम्मेलनको प्रतिवेदन हस्तान्तरण
ग्लोकल आफ्टर स्कुलले अनलाइन शिक्षाको नीतिमा, समाहित गर्ने, छलफल गर्ने र सहयोगी हुने आशाका साथ तयार पारेको सम्मेलनको प्रतिवेदन हस्तान्तरण गरिएको छ । ग्लोकले सोही कार्यक्रमको प्रतिवेदन तयार गरेर मन्त्री गिरीराजमणि पोखरेललाई हस्तान्तरण गरेको हो । असार १४ र १५ गने आयोजना गरिएको अनलाइन सिकाइका लागि भर्चुअल सम्मेलनमा शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई एकसाथ ल्याएर अनलाइन शिक्षण र शिक्षाको भविश्य र शिक्षाको सिद्धान्तमा विकास गर्न के गर्न सकिन्छ भन्ने बारेमा गहिरो छलफल भएको थियो । सम्मेलनमा नेपालमा अनलाइन सिकाइलाई कसरी प्रभावकारी बनाउने, नेपाल बाहिर लर्निङ विकास र अनलाइन शिक्षा प्रणालीमा पहुँच एवं सम्भावनाका विषयमा ३ प्यानेलमा छलफल गरिएको थियो । सरकारको प्रतिक्रियाबाट खुसी व्यक्त गर्दै ग्लोकले भविष्यमा राम्रो अनलाइन शिक्षा प्रणाली बनाउनेमा विश्वास व्यक्त गरेका छन् । साथै सरकारका नीतिहरुको प्रगतिमा आशासमेत राखेका छन् । अनलाइन शिक्षाको विकासमा सदैव तत्पर रहने ग्लोकलको प्रतिबद्धता छ ।

सम्बन्धित खबरहरु