Nepalese Flag २०७७ फागुन १६ गते आइतबार   |   February 28, 2021

क्रिकेट क्लबलाई बिमा संस्थानको सचेतना कार्यक्रम

न्युज कारोबार काठमाडौं माघ ५, २०७७       

क्रिकेट क्लबलाई बिमा संस्थानको सचेतना कार्यक्रम
सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थान पोखरा शाखाले बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । अरण्यज्योति क्रिकेट क्लब पोखराको वार्षिक साधारण सभाको अवसरमा बिमा संस्थान पोखरा शाखाले क्लबका सदस्यहरुलाई बिमा सचेतना कार्यक्रम सञ्चालन गरेको हो । बिमाको दायरा बढाउन चेतनामुलक कार्यक्रम सञ्चालन गरिएको पोखरा शाखाले जनाएको छ । कार्यक्रममा २५ जना सदस्यलाई बिमाबारे जानकारी गराइएको थियो । संस्थानले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, समुदायिक विद्यालयको शिक्षक लगायतको संघ संस्थाका कर्मचारीको सावधिक जीवन बिमा गर्दै आएको छ । त्यसतै बिमा संस्थानले सामूहिक म्यादी जीवन बिमाअन्तर्गत पर्ने 'हाम्रो जीवन बिमा' योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।

सम्बन्धित खबरहरु