Nepalese Flag २०७७ फागुन १३ गते बिहीबार   |   February 25, 2021

के तपाईलाई मन्जुर छ ?

न्युज कारोबार काठमाडौं मंसिर ३, २०७७       

के तपाईलाई मन्जुर छ ?
उहाँ पूर्वप्रधानमन्त्री हुनुहुन्छ कि ? उहाँ पूर्वप्रधानन्यायाधीश हुनुहुन्छ ? उहाँ स्वदेशी नै हुनुहुन्छ कि विदेशी ? उहाँ स्वचालित हो कि सञ्चालित ? अर्थात् खिलराज रेग्मी ज्यू ! अहिले, देशमा फेरि एकपटक उहाँको खाँचो टडकारो परेको छ भन्छन् ! अहिलेको यो निकम्मा व्यवस्थाका भान्सेहरु ! जो हामीलाई लोकतन्त्र र प्रजातन्त्रको ट्युसन पढाइरहेका छन् । दिनरात तमाम शक्ति केन्द्रको जुठो खाएर ! त्यतिखेर जुन चारो ख्वाएर उहाँलाई प्रधानमन्त्री बनाइयो त्यही चारोमा थप दुई सीता भात थपेर साइत कुरेर बसेका छन् अम्मली भान्सेहरु ! भूपू कमरेड लालध्वजका प्रिय पात्र कमरेड खिलराजलाई मन्जुर छ कि छैन तमसुकमा औंठा छाप थिच्न ? यो प्रश्न सोध्ने पालो भूपू कमरेड लालध्वजबाट जुगाँ फेरि काला भइरहेका एक नम्बर कमरेड कहाँ आइ पुगेको छ । तर, मलाई त छैन, कदापी छैन सत्य र संघर्षका खातिर इमान्दार यत्न र मुक्तिका खातिर र उन्मुक्त जीवनका लागि सहर्ष स्वीकार्य छ वलिदान ! तर, ए युवा सखी हो पहल लिने बेला घर्कदै छ, उत्तर दिने बेला आएको छ ! के तपाईहरूलाई यो देश विघटन को मन्जुरीनामा मन्जुर छ ? ...अस्तु ।।

सम्बन्धित खबरहरु