Nepalese Flag २०७७ फागुन १६ गते आइतबार   |   February 28, 2021

एभरेस्ट बैँकको नाफा ३६ प्रतिशत घट्यो

न्युज कारोबार काठमाडौं माघ १५, २०७७       

एभरेस्ट बैँकको नाफा ३६ प्रतिशत घट्यो
एभरेस्ट बैँकले चालू आर्थिक वर्षको पुससमम्मा ३६ प्रतिशत नाफा घटेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैँकले पुससम्ममा ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५४ करोड ७९ लाख रुपैयाँ अर्थात् ३६.२९ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा बैँकले १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैँकको खुद ब्याज आम्दानी पनि १ अर्ब १ करोड १७ लाख घटेर १ अर्ब ८९ करोड ७ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा ७८ करोड ३० लाख घटेर १ अर्ब ३७ करोड ३९ लाख रुपैयाँमा झरेको छ । चुक्ता पुँजी ८ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ रहेको बैँकको जगेडा कोषमा ८ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ सञ्चित छ । बैँकको प्रतिसेयर आम्दानीमा उल्लेख्य गिरावट आएको छ । प्रतिसेयर आम्दानी ३५.४८ रुपैयाँबाट घटेर २१.५३ रुपैयाँ कायम भएको हो । बैँकको प्रतिसेयर नेटवर्थ २१८.९३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३७.१२ गुणा छ । बैँकको निक्षेप १ खर्ब ४३ अर्ब ५४ करोड रुपैयाँबाट बढेर १ खर्ब ५० अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १ खर्ब १२ अर्ब २१ करोड रुपैयाँबाट बढेर १ खर्ब १३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैँकको आधार दर ८.४६ प्रतिशतबाट ६.३४ प्रतिशतमा र स्प्रेड दर ५.३८ प्रतिशतबाट ३.७० प्रतिशतमा झरेको छ ।

सम्बन्धित खबरहरु