Nepalese Flag २०७८ असोज ४ गते सोमबार   |   September 20, 2021

उस्तै छ लर्को काठमाडौं छाड्नेहरुको (फोटो फिचर)

न्युज कारोबार काठमाडौं वैशाख १०, २०७७       

उस्तै छ लर्को काठमाडौं छाड्नेहरुको (फोटो फिचर)
गत चैत ११ गते सरकारले घोषणा गरेको लकडाउन क्रमशः लम्बिँदै जाँदा काठमाडौंमा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुरहरु सबैभन्दा बढी समस्यामा परेका छन् । एकातिर यही बसे हात-मुख जोर्ने समस्या छ, अर्कोतिर गाउँ फर्कौं देशैभर लकडाउन । लकडाउनले एक महिना पूरा हुँदा पनि काठमाडौंमै बस्नका लागि सरकारले न पर्याप्त प्रबन्ध गर्न सक्यो न गाउँसम्म पुग्न कुनै  व्यवस्था मिलायो । अन्ततः धैर्यताको बाँध टुटेको छ । मानिसहरुले ‘मर्नुभन्दा बौलाउनु निको’ ठाने । केही दिनयता हरेक दिन साँझ हजारौं मानिसले काठमाडौं छाडिरहेका छन् । बुधबार पनि घर हिँडेकाहरुको लर्को उस्तै देखियो । जडीबुटी, कौशलटार, लोकन्थलीमा पूर्व हिँडेकाहरु बस पर्खिरहेका थिए । यो भीडमा ओखलढुंगा, रामेछाप, बारा र झापासम्म पुग्नेहरु भेटिए । कतिले बस व्यवसायीहरुसँग कुराकानी गरेर घर जान लागेको बताइरहेका थिए भने केहीले आफ्नो स्थानीय तहले नै गाउँसम्म लैजाने बन्दोबस्त मिलाएको सुनाए । यसबारे जिज्ञासा राख्दा ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष गोविन्दबहादुर पौडेलले काठमाडौंबाट मानिस ल्याउने कुनै व्यवस्था नगरिएको बताए ।

सम्बन्धित खबरहरु