Nepalese Flag २०७८ साउन १८ गते सोमबार   |   August 02, 2021

उमेर १७ वर्ष, तौल १३५ केजी

न्युज कारोबार काठमाडौं मंसिर ६, २०७७       

उमेर १७ वर्ष, तौल १३५ केजी
मोरङको मिक्लाजुङ- ४, ढाडेका गणेश तामाङलाई डेढ किलोमिटर टाढा रहेको विद्यालय पुग्न डेढ घण्टा लाग्छ । अरू मानिसहरू त्यही बाटो १० मिनेटमा छिचोल्छन् । यही कारण उनलाई स्कुल जान नै छोडौँ-छोडौँजस्तो पनि लाग्छ। उनलाई विद्यालय जान-आउन समस्या हुनुको कारण हो उनको अजंगको शरीर । उनी मोरङको मिक्लाजुङढ्ग- ४ खोलिटारीस्थत सिंहदेवी माध्यमिक विद्यालयमा १० कक्षाका विद्यार्थी हुन् । भर्खर १७ वर्ष पुगेका गणेशको तौल १३० केजी छ । विद्यालयका प्रधानाध्यापक कुलबहादुर तामाङका अनुसार गणेश कक्षा- १ मा पढ्दाताका नै ६० केजीका थिए । गणेशको खानपान र दैनिकी सामान्य छ । घरका सानातिना काममा उनी सघाउँछन् । तर उनको शरीरले उनलाई चाहेअनुसार काम गर्न दिँदैन । गणेश भन्छन्, 'विद्यालय जान र आउन गाह्रो लाग्छ ।' जीउअनुसार उनको नाम नै 'गणेश' जुराइदिएको उनका बुवा मानबहादुरले बताए । तर गणेश भने आफ्नो नामबाट सन्तुष्ट छैनन् । धेरैले आफूलाई 'हात्ती' भनेर जिस्क्याउने गरेकत्त गणेशले सुनाए । मोटो भएकै कारणा उनलाई स्कुलका अधिकांश विद्यार्थीले चिन्छन् । स्थानीय महेन्द्र थेगिमले भने, 'गणेशको मोटाइ अलि बढी नै छ । हिँड्दा पनि हल्लिँदै हिँड्छ । नयाँ मान्छे जसले देखे पनि एकछिन त उभिएर हेर्छन् ।' स्कुलमा कोही पाहुना आए भने ऊसँग सेल्फी खिच्ने गर्छन् । गणेशको पढाइ भने सामान्य रहेको प्रधानाध्यापक तामाङले बताए । शिशु कक्षादेखि नै सोही विद्यालयमा पढ्दै आएका गणेशको तौल केही वर्षयता आश्चर्यजनक ढंगले बढेको उनका बुवा मानबहादुरले बताए । मानबहादुरका दुई छोरा र दुई छोरी छन् । अरू सबैको तौल औसत छ । गणेशको तौल नियन्त्रण गर्न धेरै समय र पैसा खर्च गरे पनि सुधार नभएको मानबहादुर बताउँछन् । यही क्रमले गणेशको तौल बढिरहे समस्या हुनसक्नेप्रति उनले चिन्ता व्यक्त गरे ।

सम्बन्धित खबरहरु