Nepalese Flag २०७७ फागुन १६ गते आइतबार   |   February 28, 2021

आगलागी अझै नियन्त्रणमा आउन सकेन

न्युज कारोबार काठमाडौं पुस २७, २०७७       

आगलागी अझै नियन्त्रणमा आउन सकेन
रसुवाको हाकु वन जंगलमा लागेको डडेलो नियन्त्रणमा लिन सकिएको छैन । सानो हाकु नजिक फुलबारीदेखि पश्चिम तर्फको जंगलमा आइतबार रातिदेखि अचानक लागेको डडेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्यङब्रा क्षेत्रका वन चपेटामा परेको छ । भीरपाखा र असहज स्थानमा भएकोले डडेलो नियन्त्रण गर्न कठिनाई भइरहेको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिए । डडेलो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयका सहयोगमा नेपाली सेनासमेत परिचालन गरिएको उनले बताए । सेनाका साथै स्थानीय बासिन्दा, वन कार्यालयका कर्मचारीसमेत डडेलो नियन्त्रणमा जुटेका छन् । ती क्षेत्रका सयौँ हेक्टर वन डडेलोको चपेटामा परिसकेको वन प्राविधिकले आँकलन गरेका छन् । (रासस)

सम्बन्धित खबरहरु