गृहपृष्ठ कांग्रेस महासमिति बैठकमा ४ मिनेटको समय

कांग्रेस महासमिति बैठकमा ४ मिनेटको समय

nepali_congress

नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी सबै सदस्यलाई प्रस्तुत चारवटै प्रतिवेदनमाथि आफ्नो धारणा राख्न दिइने भएको छ । प्रत्येक सदस्यलाई आफ्नो धारणा राख्नका लागि ४ मिनेटको समय दिइने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

शनिबार सुरु महासमितिको बैठकमा उपसभापति बिमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, महामन्त्री शशांक कोइरालाले सांगठनिक-आर्थिक नीति, कोषाध्यक्ष सीतादेवी यादवले आर्थिक प्रतिवेदन, सहमहामन्त्री प्रकाशशरण महतले आर्थिक नीतिसम्बन्धी प्रतिवेदन पेस गरेका छन् ।

केन्द्रीय समितिमा प्रस्तुत गरिएको प्रतिवेदनमाथि ७७ जिल्लाका सभापति तथा १ सय ६५ वटै संसदीय क्षेत्रका प्रतिनिधिले धारणा राख्ने छन् । अहिलेसम्ममा ३० बढीले जनाले आफ्नो धारणा राखिसकेका छन् ।

जिल्लाका प्रतिनिधिहरुका सम्बन्धमा जिल्ला सभापतिमार्फत धारणा लिएर वक्ताहरु घटाउने विषयमा कुरा भएको प्रवक्ता शर्माले बताए । यद्यपी, अधिकतम् सहभागिताको प्रयास भइरहेको छ ।

बैठक राति अबेरसम्म नै सञ्चालन हुने जानकारी उनले दिएका छन् । बैठकमा देशभरिका करिब १७ सय महासमिति सदस्यको सहभागिता छ ।

प्रकाशित समय १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु