fbpx
corona information

गृहपृष्ठ ओलीजस्ता व्यक्तिहरु कम्युनिष्ट पार्टीमा आए, जुन टाउको दुखाइको विषय हो : माधव नेपाल

ओलीजस्ता व्यक्तिहरु कम्युनिष्ट पार्टीमा आए, जुन टाउको दुखाइको विषय हो : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आजसम्म बनाउनेभन्दा पनि भत्काउने र बिगार्ने काम मात्र गरेको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा नेकपाको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले ओलीले पार्टीमा रहेर कुनै पनि राम्रा काम गर्न नसकेको बताए ।

ओली ‘कुुर्सी छोड्नु परे कुर्सी नै भाँचिदिन्छु’ भन्ने भावानायुक्त मान्छे भएको नेपालले बताए । ‘ओली संघीयता, समावेशिता र संविधानको पक्षमा कहिल्यै नभएको मान्छे हुन् । ओलीमा रचनात्मक, सिर्जनात्मक प्रवृत्ति छँदैछैन,’ नेपालले भने । ओलीले देश, जनता र पार्टीप्रति कुनै सकारात्मक भूमिका ननिभाएको उनको आरोप छ । ‘ओली इमान्दारिता नभएको बेइमान प्रतीक हो । यस्ता व्यक्तिहरु कम्युनिष्ट पार्टीमा आए, जुन टाउको दुखाइको कुरा हो । यस्तो मान्छेले गर्दा देश संकटतिर गइरहेको छ,’ उनले भने ।

ओलीले गरेको संसद विघटनको सम्बन्धमा पनि भ्रममा नपर्न उनले आग्रह गरेका छन् । भ्रमलाई चिर्दै यसको विरुद्धमा एकजुट भएर आवाज उठाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । उनले भने, ‘ओलीले ज्ञानेन्द्रले जस्तै ‘कु’ गरेका छन् । यसैले संविधानको रक्षा गर्ने कि नगर्ने भन्ने प्रश्न उठेको छ ।’ एक्लो भइसक्दा पनि ओलीमा अझै दम्भ कम नभएको नेपालले बताए ।

प्रकाशित समय १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु