fbpx
corona information

गृहपृष्ठ विप्लव समूहका नेता धमेन्द्र बाँस्तोला पक्राउ

विप्लव समूहका नेता धमेन्द्र बाँस्तोला पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको छ । उनी पार्टीको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत भएको बताइएको छ ।

प्रहरीका अनुसार बाँस्तोला ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । नेता बाँस्तोलासहित प्रकाश शाही , विवेक कुमाल र विश्वाशलाई प्रहरीले पक्राउ गरेको छ । विप्लव समूहका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ ।

प्रकाशित समय १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु