fbpx
corona information

गृहपृष्ठ भारतीय मिडिया बोलाएर अन्तर्वार्ता दिनु ओलीको अर्को नाटक : प्रचण्ड

भारतीय मिडिया बोलाएर अन्तर्वार्ता दिनु ओलीको अर्को नाटक : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय मिडियालाई बोलाएर अन्तर्वार्ता दिनु अर्को नाटक भएको बताएका छन् । बुधबार काठमाडौंमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले देश र जनताप्रति ओली अलिकति पनि संवेदनशील नभएको आरोप लगाए ।

अहिले जताततैबाट पराजित भइसकेका ओली लाज पचाएर पदमा बसिरहेको तर उनको ठाउँमा आफू भए तत्काल पद छाड्ने प्रचण्डले बताए । ओलीबाट जनताको आँखामा छारो हाल्ने काम भइरहेको उनको भनाइ छ । ‘कोरोनाको सामान खरिदमा भ्रष्टाचार भएको कुरा प्रमाणसहित बाहिर आए पनि ओली जीले जनताको आँखामा छारो हाल्ने काम मात्र गर्नुभयो । उहाँ ताण्डव नृत्य गरेर आफू रमाइरहनु भएको छ,’ प्रचण्डले भने ।

पार्टीले काम गर्न नदिएको एउटा मात्र प्रमाण पेश गर्न पनि प्रचण्डले ओलीलाई चुनौती दिएका छन् । ‘पार्टीले यसौ गरौँ भन्दा नमान्ने । अहिले आएर उल्टै पार्टीले गर्दा बिग्रेको हो भन्ने ?’ उनको प्रश्न थियो । ‘पार्टीलाई किन विश्वासमा लिन सकिनँ र सँगै काम गरेका साथीहरुले किन विश्वास गर्न छाडे ?’ भनेर सोच्न उनले ओलीलाइ सुझाव दिएका छन् । ‘पार्टीले समस्या पारेको हो भने कि त विश्वास जित्न सक्नुपथ्र्यो, कि त अरुलाई गर भनेर छाडिदिनुपर्थ्यो,’ उनले भने ।

प्रकाशित समय १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु