fbpx
corona information

गृहपृष्ठ नेकपा र सूर्य हाम्रो हो, आयोगले निष्पक्ष निर्णय लिनेमा ढुक्क छु : प्रचण्ड

नेकपा र सूर्य हाम्रो हो, आयोगले निष्पक्ष निर्णय लिनेमा ढुक्क छु : प्रचण्ड

Prachanda_NewsKarobar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूसँग ७० प्रतिशत बहुमत रहेको दाबी गरेका छन् । बहुमत भएकै कारण नेकपा र चुनाव चिह्न सूर्य आफ्नो पक्षको हुने उनले तर्क गरे ।

मंगलबार पोखरामा भएको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय कमिटी र संसदीय दलमा आफ्नो समूहको बहुमत रहेको बताए । ‘निर्वाचन आयोग पनि पुगेर सबै वास्तविकता जानकारी गराएका छौं । निर्वाचन आयोगले निष्पक्ष ढंगबाट निर्णय लिनेमा म ढुक्क छु,’ उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतमा परेपछि विधानविपरीत केन्द्रीय कमिटी विस्तार गरेको प्रचण्डको भनाइ थियो ।

प्रकाशित समय १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु