fbpx
corona information

गृहपृष्ठ ‘लोकतन्त्रको रक्षाका लागि ओलीतन्त्रको अन्त्य आवश्यक’

‘लोकतन्त्रको रक्षाका लागि ओलीतन्त्रको अन्त्य आवश्यक’

upendra

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको रक्षाका लागि ओलीतन्त्रको अन्त्यबाट आवश्यक रहेको बताएका छन् । जसपाले वीरगन्जमा सोमबार आयोजना गरेको जनप्रदर्शन एवं विरोध कार्यक्रममा अध्यक्ष यादवले भने, ‘ओली सरकारमा रहेसम्म लोकतन्त्रमाथि खतरा भइरहन्छ ।’

बहुमतको सरकार आएपछि आर्थिक विकास, किसान मजदुरको राम्रो दिन आयो भन्ने सोचेका बेला सरकारले रासायनिक मलको समेत व्यवस्था गर्न नसकेको उनको टिप्पणी छ । ‘उखु किसान चिसोमा काठमाडौंमा प्रदर्शन गर्न बाध्य भए,’ उनले भने, ‘ओलीले पार्टी तोड्न, संवैधानिक आयोग कब्जा गर्न अध्यादेशबाट देश चलाउन खोजे ।’

संविधान नै खारेज गरेर ओली तानाशाही बन्न तरखरमा रहेको उनको आरोप छ । ‘तर त्यो सपना पूरा हुन दिइँदैन, सार्वभौमसत्ता सम्पन्न जनताको अधिकार कुण्ठित गर्ने अधिकार केपी ओलीलाई छैन,’ उनले भने, ‘प्रदेशसभा भंग गर्ने, देशमा आपतकालीन अवस्था घोषणा गर्ने र संविधान नै खारेज गरेर देशलाई पछाडि धकेलेर तानाशाह बन्ने सोच ओलीमा देखिएको छ, त्यसलाई कदापी पूरा हुन दिनु हुँदैन ।’

प्रकाशित समय ०६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु