fbpx
corona information

गृहपृष्ठ कर्णालीका नेकपा सांसदले पार्टीलाई लेबी नतिर्ने

कर्णालीका नेकपा सांसदले पार्टीलाई लेबी नतिर्ने

कर्णाली प्रदेशसभाका नेकपा सांसदहरुले पार्टीलाई लेबी नतिर्ने भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले सांसदहरुले पार्टीलाई लेबी तिर्न नपर्ने निर्णय गरेको हो । तत्कालको संक्रमणकालीन अवस्थामा सांसदहरुले पार्टीलाई तिर्नुपर्ने लेबी तिर्न नपर्ने गरी निर्णय भएको बैठकमा सहभागी एक सांसदले बताए ।

नेकपाका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका पार्टी इञ्चार्ज जनार्दन शर्माको प्रमुख आथित्यमा बसेको दलको बैठकमा प्रचण्ड-नेपाल पक्षधर २१ जना सांसद सहभागी थिए । सांसदहरुले निर्वाचित भएदेखि मासिक तलबको दशप्रतिशत रकम लेबी तिर्नुपर्ने पार्टीको नियम थियो । मासिक रुपमा पार्टीलाई पाँच हजारका दरले लेबी तिर्दै आए पनि अब तिर्न नपर्ने निर्णय दलको बैठकले गरेको हो ।

बैठकले आगामी माघ ८ गते माधवकुमार नेपाल कर्णाली प्रदेश आउने कार्यक्रमलाई सफल पार्न जिम्मेवारीको बाँडफाँडसमेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णयलाई असफल बनाउनका लागि सबै सांसदहरु एकजुट हुनका लागि निर्देशनसमेत भएको बैठकमा सहभागी सांसदले जानकारी दिए । कर्णाली प्रदेशको मन्त्रिपरिषद् हेरफेरका विषयमा समेत केन्द्रमा गई तत्काल निर्णय गर्ने जनार्दन शर्माले बैठकमा प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित समय १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु