गृहपृष्ठ आन्दोलनका लागि तयार रहन नेपालको आग्रह
आन्दोलनका लागि तयार रहन नेपालको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई संकटमा धकेलेको आरोप लगाएका छन् । अध्यक्ष नेपालले आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।
जनकपुरधाममा नेकपा दाहाल-नेपाल समूहले आइतबार आयोजना गरेको नेता-कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन सम्भव नभएको बताए । ‘बहुमत हाम्रो पक्षमा रहेको छ,’ उनले भने ।
प्रकाशित समय १८:२० बजे