गृहपृष्ठ प्रतिनिधिसभा विघटनविरुद्ध रसुवामा कांग्रेसको विरोध प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध रसुवामा कांग्रेसको विरोध प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली कांग्रेस रसुवाले विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदमविरुद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत कांग्रेसले कालिका गाउँपालिका २ घुम्तीमा विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनमा प्रदेश ‘क’ र ‘ख’का कांग्रेस नेता तथा कार्यकर्ता घुम्तीमा भेला भएका थिए । प्रदेश ‘क’का नेता तथा कार्यकर्ताले जिबजिबे बजार हुँदै घुम्ती बजारसम्म र प्रदेश ‘ख’का नेता‑कार्यकर्ताले कालिकास्थानदेखि घुम्तीबजारसम्म विरोध प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शन आयोजित सभालाई कांग्रेस रसुवाका जिल्ला पार्टी सभापति पेम्बा छिरिङ तामाङ, संघीय सांसद मोहन आचार्य, प्रदेशसभा सांसद प्रभात तामाङ, नेताहरु लामाकार्पु तामाङ, बालचन्द्र पौडेल, जनकजीवन उपाध्यायलगायतले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् ।

संसद विघटनको विरोधमा कांग्रेसले शनिबार देशभरका ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो ।

प्रकाशित समय ०६:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु