गृहपृष्ठ संसद विघटनको विरोधमा प्रधानमन्त्रीलाई संविधान पठाइयो (तस्बिरसहित)
संसद विघटनको विरोधमा प्रधानमन्त्रीलाई संविधान पठाइयो (तस्बिरसहित)

प्रतिनिधि सभा विघटनको विरोधमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधान पठाउँदै आन्दोलनरत नेकपा प्रचण्ड-माधव समूहका नेता-कार्यकर्ता । शुक्रबार जुलुससहित जिल्ला प्रशासन कार्यालय पुगेको काठमाडौँ कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पठाएको हो । अरु जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र र संविधानको पुस्तक बुझाउने कार्यक्रम छ । विरोध कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका काठमाडौँ जिल्ला सचिव हिमाल शर्माले केपी शर्मा ओलीलाई पढाउनका लागि संविधान पठाएको बताए ।
प्रकाशित समय १३:५५ बजे