गृहपृष्ठ कामचलाउ भइसकेको ओली सरकारमा पाँच नयाँ मन्त्री

कामचलाउ भइसकेको ओली सरकारमा पाँच नयाँ मन्त्री

राष्ट्रपतिद्वारा संसद विघटन भइ नयाँ निर्वाचन घोषणा भएपछि औपचारिक रूपमा कामचलाउ बनिसकेको ओली सरकारले शुक्रबार नयाँ पाँच मन्त्री नियुक्ति गरेको छ ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रस्तावमा टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, दावा लामा र गौरीशंकर चौधरीलाई मन्त्रीमा नियुक्त गरिएको बताइएको छ । यी पाँचै जना मन्त्रीहरूलाई शुक्रबार साँझ ७ बजे राष्ट्रपति भवनमा सपथ गराइने जनाइएको छ ।

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिसमक्ष संसद विघटनको सिफारिस गरिएपछि असन्तुष्ट पक्ष दाहाल-नेपाल पक्षधर ७ मन्त्रीले पुस ५ गते राजीनामा दिएका थिए । उनीहरूका स्थानमा तत्कालीन माओवादीका प्रभावशाली नेताहरूलाई ओलीले मन्त्री पदमा नियुक्त गराएका हुन् ।

(विकसित हुँदै गरेको समाचार)

 

 

प्रकाशित समय १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु