fbpx
corona information

गृहपृष्ठ राजतन्त्र र हिन्दु राज्य माग्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

राजतन्त्र र हिन्दु राज्य माग्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

जिल्ला प्रशासन कार्यालयको अनुरोधलाई बेवास्ता गर्दै शनिबार काठमाडौंमा राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । केही दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाको संक्रमण फैलिनसक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शनजस्ता गतिविधि नगर्न अनुरोध गरेको थियो । प्रदर्शनकारीहरूले ‘गणतन्त्र धोका हो’, ‘संघीयता खारेज गरौं’, ‘हिन्दु राष्ट्र कायम गर’, ‘मेची-काली के भन्छ, नागरिक सरकार ल्याउ भन्छ’, ‘एमसीसी खारेज गरौं’ जस्ता नारा लगाएका थिए । माइतीघरबाट सुरू भएको जुलुस नयाँ बानेश्वरसम्म पुगेको थियो ।

प्रकाशित समय १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु