fbpx
corona information

गृहपृष्ठ नेकपा सचिवालय बैठक आज : ओली सहभागी हुने अनिश्चित

नेकपा सचिवालय बैठक आज : ओली सहभागी हुने अनिश्चित

फाइल तस्बिर ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा यसअघिको बैठकमा प्रस्तुत छुट्टाछुट्टै प्रतिवेदनमाथि जारी छलफललाई निरन्तरता दिने कार्यसूची छ ।

गत बुधबारको बैठकमा अनुपस्थित भएका प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली आजको बैठकमा आउनेबारे निश्चित भएको छैन । नेकपा महासचिव विष्णु पौडेलले भने प्रधानमन्त्री ओली बैठकमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

नेकपामा विवाद चर्किदै गएपछि कात्तिक २८ मा बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले सरकार चौतर्फी असफल भएको निष्कर्षसहित राजनीतिक प्रतिवेदन पेश गरेका थिए । त्यसप्रति असन्तुष्टि जनाउँदै ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ओलीले पनि जवाफी प्रस्ताव पेश गरेका छन् ।

प्रकाशित समय ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु