fbpx
corona information

गृहपृष्ठ ओलीले खाममा राखेर वितरण गरे प्रचण्डद्वारा प्रस्तुत प्रस्तावको जवाफ

ओलीले खाममा राखेर वितरण गरे प्रचण्डद्वारा प्रस्तुत प्रस्तावको जवाफ

नेकपा सचिवालय बैठक (फाइल तस्बिर) ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही बेरअघि सकिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’का अनुसार आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले लिखित रुपमा प्रस्ताव पेश गरेका छन् ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि कात्तिक १९ मा पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रस्तावको जवाफ ओलीले खाममा राखेर वितरण गरेको प्रवक्ता श्रेष्ठले बताए । ‘अध्यक्ष ओलीको प्रस्ताव पनि अध्ययन गरेर १६ गते दिउँसो १ बजे सचिवालय बैठक फेरि बस्ने तय भएको छ । १६ गतेको सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्छ,’ उनले भने ।

प्रचण्डले सचिवालयका बहुमत सदस्यहरु वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा ओलीको कार्यशैली र सरकारका कामको समीक्षा गर्दै राजनीतिक प्रस्ताव पेश कात्तिक २८ मा गरेका थिए । सुरुमा प्रचण्डको प्रस्तावमा जवाफ नदिने बताएका ओलीले मंसिर ३ गतेको बैठकमा जवाफी प्रस्ताव तयार पार्न १० दिनको समय मागेका थिए ।

प्रकाशित समय १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु