fbpx
corona information

गृहपृष्ठ कांग्रेस सभापतिद्वारा घर-डेरामै सीमित रहेर पर्व मनाउन आग्रह

कांग्रेस सभापतिद्वारा घर-डेरामै सीमित रहेर पर्व मनाउन आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध गरेका छन् । उनले विजया दशमीका अवसरमा आइतबार सन्देश दिई स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभ–कामना व्यक्त गर्दै कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सांस्कृतिक पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अपिलसमेत गरेका छन् । सभापति देउवाले शुभकामना सन्देशमार्फत विजयादशमीले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ मजबूत बनाउँंदै आएको र बनाउनुपर्ने उल्लेख गरे ।

विजयादशमीका अवसरमा सभापति देउवाले आफू र कांग्रेसका तर्फबाट स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

प्रकाशित समय ०७:१६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु