fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ नेकपा सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल

नेकपा सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल

आइतबार पेरिसडाँडामा बसेको बैठक।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि सकिएको छ । बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे पनि छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।

बैठकमा सदस्यहरुले विभिन्न सुझाव दिएको तर पुनर्गठनको मापदण्ड भने बनिनसकेको उनले बताए । नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनबारे आवाज उठ्दै आएकोमा आजको बैठकमा औपचारिक यस विषयले प्रवेश पाएको हो ।

प्रवक्ता श्रेष्ठका अनुसार नीतिगत हिसाबले मन्त्रिमण्डल कसरी पुनर्गठन गर्ने भन्ने विषयमा आजको बैठकमा छलफल भएको हो । यस विषयमा स्थायी कमिटीको निर्णय अनुसार गर्ने तय भएको छ । थप छलफलका लागि भोलि फेरि दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

भोलिका बैठकका लागि आजको सचिवालयले चारवटा कार्यसूची तय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार संवैधानिक नियुक्ति, सांगठनिक र विविधअन्तर्गत विभिन्न विषयहरुमा छलफल हुने तय भएको हो ।

प्रकाशित समय १६:३१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु