गृहपृष्ठ नेकपाको केन्द्रीय कमिटी बैठक माग गर्दै अध्यक्षद्वयलाई १५२ सदस्यले बुझाए हस्ताक्षर

नेकपाको केन्द्रीय कमिटी बैठक माग गर्दै अध्यक्षद्वयलाई १५२ सदस्यले बुझाए हस्ताक्षर

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १ सय ५२ जना केन्द्रीय सदस्यले यथाशीघ्र पार्टीको केन्द्रीय केन्द्रीय कमिटी बैठक बोलाउन माग गरेका छन् । बुधबार हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा निवेदन दर्ता गरेको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए ।

पार्टीलाई व्यक्तिले नभएर विधि तथा पद्दतिले चलाउन आवश्यक देखिएकाले बैठकको माग गरिएको हस्ताक्षरकर्ता नेताहरुकाे भनाइ छ । ‘हाल देखिएको सबै विवाद र समस्याहरुको समाधान पार्टीको बैठकमा गहन छलफल गरी विधि पद्धति बमोजिम समाधान गर्नुपर्छ भन्ने हाम्रो ठहर छ,’ पार्टीभित्रको विवादले आफूहरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्वयलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ,

सम यसका लागि पार्टीको अन्तरिम विधान, २०७५ को धारा ५९ (क) ४ बमोजिम बैठक बोलाउनुपर्ने उनीहरुको माग छ । एक चौथाई सदस्यले बैठक माग गरेको ३० दिनभित्र बैठक बोलाउनु पर्ने नेकपाको विधानमा व्यवस्था छ । नेकपा केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय छ ।

केपी शर्मा ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने कुरा स्थायी कमिटी बैठकमा उठेपछि पार्टीमा विवाद उत्पन्न भएको हो । ओली भने दुवै पद नछाड्ने अडानमा छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सचिवालय सदस्य माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका बुहमत सदस्यले राजीनामा माग गरिरहेका छन् ।

हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरूको नामवली : 

प्रकाशित समय १८:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु