गृहपृष्ठ राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा आफ्नो समूहसहित कांग्रेसमा प्रवेश

राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा आफ्नो समूहसहित कांग्रेसमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा आफ्नो समूहसहित मंगलबार नेपाली कांग्रेस प्रवेश गरेका छन् । सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा  थापासहितका नेताहरुलाई सभापति शेरबहादुर देउवाले कांग्रेसमा स्वागत गरे ।

राप्रपाका केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मा र उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू थापासहित विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेतलगायत पनि कांग्रेस प्रवेश गरेका छन् ।

राप्रपामा लोकतन्त्रिक चरित्र र मान्यता सकिएकाले त्यहाँ बसिरहनु उपयुक्त नभएको बताएका छन् । ‘लोकतन्त्रनमा खतरा उत्पन्न भएकाले त्यसको रक्षाका लागि कांग्रेसलाई बलियो बनाउँदै अघि बढ्नुपर्ने महसुस गरेर पार्टी प्रवेश गरेको हुँ,’ उनले भनेका छन् ।

शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै थापाको नेतृत्वमा राप्रपाका विभिन्न तहका ३१ जना नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरेको घोषणा गरेका थिए । पूर्वप्रधानमन्त्री एवं राप्रपाका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा हुन् । कांग्रेसमा उनलाई सहमहामन्त्री बनाउने सहमति भएको बताइएको छ ।

प्रकाशित समय १८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु