fbpx
corona information

गृहपृष्ठ ‘प्रधानमन्त्रीले भन्नुभो‑ मलाई सपोर्ट गर्नुस्, मन्त्री बनाउने तमसुक नै गरिदिन्छु’

‘प्रधानमन्त्रीले भन्नुभो‑ मलाई सपोर्ट गर्नुस्, मन्त्री बनाउने तमसुक नै गरिदिन्छु’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सहयोग गर्ने सांसदलाई मन्त्री बनाउन तमसुक नै गरिदिनेसम्मका आश्वासन दिएको पाइएको छ । सरकार र पार्टीका क्रियाकलापमा मनपरी ढंगले प्रस्तुत भएका प्रधानमन्त्रीविरुद्ध दलका शीर्ष नेता नै उभिएपछि उनले संसद गुहारेका हुन् ।

प्रधानमन्त्रीविरुद्ध भारत र चीनसँगको सम्बन्ध बिगारेको, सरकार सञ्चालनमा असफल भएकोलगायतका कारण देखाउँदै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरूले दुवै पदबाट राजीनामा गर्न दबाब दिएपछि प्रधानमन्त्रीले सांसदहरूलाई धम्क्याउने, थर्काउने गर्दा पनि नपुगेर सांसद फकाएका हुन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ का सांसद मेटमणी चौधरी शासन गर्ने मान्छेमा दृष्टिकोण, चिन्तन, विचार नभएपछि यस्तै हुने बताउँछन् । ‘सांसदलाई गाली गरेर, थर्कारएर हुन्छ ? केही दिनअघि ‘मलाई साथ दिएनौ भने संसद विघठन गरिदिन्छु, तिमीहरुको पदै जान्छ’ भन्नेसम्मका ब्ल्याकमेलिङ भए । यो तरिकाले त देश बन्दैन नि !’ उनले भने, ‘कोही नथर्किएपछि उहाँले ‘मलाई सपोर्ट गर्नुस्, मन्त्री बनाउने तमसुक नै गरिदिन्छु’ भन्नसमेत भ्याउनुभयो ।’

‘बालुवाटरमा सांसद बोलाएर, कागज तयार पारेर, सिक्नेचर आफैँ गरेर ‘मलाई जोगाउनुस् अबको क्याबिनेटमा तपाईं’ भनिदिनुहुन्छ,’ चौधरीले भन्छन्, ‘उहाँले सरकारको नेतृत्व गर्ने अवसर गुमाइसक्नुभएको छ ।’

प्रधानमन्त्रीले मञ्चमा उक्लिएपछि खासखुस गर्न थालिहाल्ने उनले बताए । ‘उहाँका आफ्ना योजना छैनन् । कांग्रेसलाई गाली गर्ने ठाउँबाट भाषण सुरु गर्नुहुन्छ । समय बच्यो भने माधव नेपाललाई, प्रचण्डलाई । थोरै समय बाँकी रह्यो भने वामदेव कमरेडसम्म आएर कुरा टुङ्ग्याउनुहुन्छ,’ उनी भन्छन्, ‘भनेपछि प्रधानमन्त्री तथा पार्टीको अध्यक्ष जस्तो मान्छेको दृष्टिकोण कहाँ छ ?’

(सांसद चाैधरीसँगको अन्तर्वार्ता केहीबेरपछि)

प्रकाशित समय १३:२२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु