fbpx
corona information

गृहपृष्ठ राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न सरकारलाई कांग्रेसको चेतावनी

राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न सरकारलाई कांग्रेसको चेतावनी

bishwa-prakash-newskarobar

नेपाली कांग्रेसले राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न सरकारलाई चेतावनी दिएको छ । सीमासम्बन्धी प्रश्नमा अनुचित राजनीतिक प्रोपोगन्डाको बाटोमा सत्ता पक्ष संलग्न रहनु दुःखद भएको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।

‘कोरोनाको विश्वव्यापी महामारीसँग संघर्ष गरिरहँदा नेपालले राष्ट्रियताको मुद्दामा पनि गम्भीरता र एकता राख्ने अनि ऐक्यबद्ध ढंगले समाधानको पहल र सामर्थ्य प्रस्तुत गर्नुपर्ने दायित्व क्रममा छौं हामी,’ प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रमुख प्रतिपक्षी दलका रूपमा नेपाली कांग्रेस यी दुवै प्रश्नमा संयम र जिम्मेवारी साथ कार्य गरिरहेको छ तर नेपाल सरकारको भूमिका दुवै विषयमा गम्भीर प्रश्नको घेरामा देखिनु दुःखद छ ।’

कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भूगोल नेपालको भएकाले कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र नेपालको निर्वाध हक कायम हुनुपर्छ भनेर कांग्रेसले विगतदेखिनै प्रस्ट धारणा राख्दै आएको उनले बताए ।

महत्वपूर्ण राष्ट्रिय विषयमा साझा स्वामित्वबोधका साथ नेपाली कांग्रेसले केन्द्रीय समितिबाटै निर्णय गर्न चाहँदा त्यसले संसदको प्रक्रियालाई असर पर्नुपर्ने कुनै कारण नभएको तर एकातर्फ कांग्रेसले ‘समय मागेको’ झुटो अभिव्यक्ति र अर्कातर्फ कांग्रेसको अनुरोधमा संशोधन प्रस्तावलाई कार्यसूचीबाट हटाइएको गोयबल्स शैलीको प्रोपोगन्डाप्रति गम्भीर आपत्ति रहेको प्रवक्ता शर्माले चेतावनी दिए ।

प्रकाशित समय १७:१६ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु