fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ कांग्रेसद्वारा क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगित

कांग्रेसद्वारा क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगित

कोरोना सचेतना अभियानमा सक्रिय हुने

नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको जोखिम बढेका कारण थप सतर्कताका लागि चैत्र ९ देखि लागू हुनेगरी चौधौं महाधिवेशन तयारीसँग सम्बन्धित क्रियाशील सदस्यता नवीकरण र वितरण एवं बाँकी समायोजन कार्य ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरेको छ ।

यस बीचमा ‘शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म’ कोरोना सचेतना अभियानमा पार्टीपंक्तिको क्रियाशीलता भने सतर्कतापुर्वक विविध ढंगले जारी रहने कांग्रेसले जनाएको छ l जिल्ला, क्षेत्र, गाउँ-नगर हुँदै टोल तहसम्म जोखिम सामना गर्ने राष्ट्रिय दायित्व निर्वाहमा विभिन्न दल, समुदाय र स्वास्थकर्मीहरुसँग आवश्यक समन्वय, सहयोग र स्वयंसेवीको भूमिका निभाउन नेपाली कांग्रेसले सम्बन्धित मातहतका तहलाई निर्देशन दिएको छ l

सचेतना अभियानमा सञ्चारका विविध माध्यमको प्रयोगमा तीव्रता दिइने र स्थलगत सांगठनिक गतिविधि रोकिएको यो अवधिमा पनि मुलतः कोरोना सचेतना अभियानको आवश्यकता अनुसार पार्टी केन्द्रीय कार्यालय खुला रहने प्रवक्ता एवं सूचना, सञ्चार एवं प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ l

प्रकाशित समय १३:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु