fbpx
corona information
NIC ASIA- magh 1

गृहपृष्ठ समाज र राष्ट्रियता कमजोर हुँदै गयो : कमल थापा

समाज र राष्ट्रियता कमजोर हुँदै गयो : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भूराजनीतिक अवस्थाले गर्दा सैद्धान्तिक रुपमा पनि पार्टीको एजेण्डा महत्वपूर्ण रहेको बताएका छन् । आइतबार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

बाहिरी रुपमा विकास निर्माणका कामहरु भएजस्तो देखिए पनि यथार्थमा भित्रभित्रै हाम्रो समाज र राष्ट्रियता कमजोर हुँदै गएको थापाको भनाइ थियो । उनले भने, ‘अहिलेका घटनाक्रमलाई हेर्दा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताले शान्ति र स्थायित्व कायम गर्न सक्दैन । देशको आर्थिक विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न सम्भव छैन ।’

एजेण्डा राम्रो हुँदाहुँदै पनि राप्रपा राष्ट्रिय पार्टी बन्न नसकेको उनले बताए । ‘गण्डकी प्रदेशमा रहेका ९४ प्रतिशत जनताले आस्था राख्ने, विचार बोकेकोे एउटै मात्र पार्टी राप्रपाले ३ प्रतिशत पनि मत पाउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेको हो,’ थापाले भने ।

प्रकाशित समय १८:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु