fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ राजपा अध्यक्ष मण्डलका नेता नयाँ दिल्लीको भ्रमणमा

राजपा अध्यक्ष मण्डलका नेता नयाँ दिल्लीको भ्रमणमा

madhesi-ekata-rajapa-morcha

केही समयमै प्रदेश २ सरकार परिवर्तन हुने करिव करिव निश्चित भएकाले प्रदेश २ को मुख्यमन्त्रीका लागि नेताहरुको दौडधुप सुरु भएको छ ।

प्रदेश २ मा केही समयभित्रै नेकपा र राजपाको समिकरणमा सरकार बन्ने करिव करिव उच्च तहका नेताहरुविचमा सहमति भएको स्रोतले दावि गरेको छ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दुई बुँदे सहमति गरका नेकपा र राजपाले प्रदेश २ सरकारसमेत बनाउने र केन्द्रीय सरकारमा राजपालाई सहभागी गराउने विषयमा गहिरो छलफल भई सकेको छ ।

स्रोतका अनुसार प्रतिनिधि सभाको उपसभामुख पद राजपालाई दिएर संघीय सरकारमा सहभागि गराउने र प्रदेश २ मा नेकपा सहितको सरकार गठन गर्ने नेकपाको आन्तरिक तयारी छ । राजपाले सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधन मुद्दाको सवालमा वर्तमान सरकारले सम्बोधन गर्नुपर्ने अडानमा रहेको छन् ।

राजपाले लिएको अडानबारे नेकपामा व्यापक छलफल भई रहेकाले सांसद चौधरीको रिहाई भएको खण्डमा राजपा संघीय सरकारमा सहभागि हुदै प्रदेश २ मा नेकपा र राजपाको सरकार बन्ने निश्चित रहेको नेताहरुले जनाएका छन् ।

राजपा अध्यक्ष मण्डल सदस्यत्रय राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादव अहिले नयाँ दिल्लीको भ्रमणमा रहेका छन् । उनीहरु स्वदेश फर्किपछि राजपा नेपाल प्रदेश २ को संसदीय दलको निर्वाचन गर्ने तयारी छ ।

प्रकाशित समय ०९:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु