fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ ‘प्रतिपक्षले पौडेललाई सफाई, गच्छदारलाई दण्डित भन्नु गलत’

‘प्रतिपक्षले पौडेललाई सफाई, गच्छदारलाई दण्डित भन्नु गलत’

सरकारका प्रवक्ता तथा सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटार काण्डमा नेपाली सरकारले विष्णु पौडेललाई सफाइ दिएको भन्नु गलत भएको बताएका छन् ।

बिहिबार सरकारका निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले सरकारले छानविन गरेको टोलीले बालुवाटार काण्डमा मुछिएका १७५ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।

‘सरकारी सुविधा लिएर व्यक्तिको नाममा जग्गा पास गर्नेदेखि किन्ने सबैलाई अख्तियारको टोलीले विशेष अदालतमा मुद्दा दायर गरेको हो, सरकारले होइन,’ उनले भने, ‘लाला फित्ताधारी र स्वेतफित्ता धारीको काम छैन । अपराधमा संलग्न जो कोहीलाई पनि अदालतले कारबाही गर्छ । यदि कसैमाथि आरोप मात्र लगाएको भए आफू निर्दोश भएको प्रमाणसहित गएमा अदालतले नै सफाइ दिन्छ ।’

सरकारी जग्गा मास्ने अधिकार कसैलाई नभएको र संलग्न जो कोहीलाई पनि कारबाही हुने उनले बताए । उनले भने, ‘अघिल्लो सरकारमा भएको भ्रष्टाचार यो सरकारले छानविन र कारबाही गर्दैछ ।’

उनका अनुसार सिराहाको २८ बिघा, सर्लाहीको जग्गालगायत सबै ठाउँको गरी करिब ४/५ सय बिघा जग्गा सरकारले फिर्ता लिइसकेको छ ।

मन्त्री बास्कोटाले भने, ‘अदालतको फैसला नै अन्तिम निर्णय हुन्छ । यो प्रकरण पनि अदालतमा पुगेको छ । यसमा कुनै पूर्वाग्रही छैन । संलग्न भनिएका व्यक्ति आफूलाई निर्दोश नै भएको दाबी गर्ने भए विभिन्न प्रमाण लिएर अदालतमा जानुपर्छ । यदी दोषी नै देखिएमा भने कसको के लाग्यो ?’

प्रकाशित समय १७:०९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु