fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ राष्ट्रियसभा : प्रदेश २ मा नेकपाकी तुलसा दाहाल विजयी

राष्ट्रियसभा : प्रदेश २ मा नेकपाकी तुलसा दाहाल विजयी

राष्ट्रिय सभामा प्रदेश २ को महिलातर्फ कांग्रेस र समाजवादीको प्रत्यासी उम्मेदवार नगिना यादवलाई हराउँदै नेकपाकी तुलसा दाहाल विजयी भएकी छन् ।

नेकपा र राजपाको गठबन्धनबाट महिला पदको उम्मेदवार भएकी दाहालले ५२०८ मतभार प्राप्त गरेर विजयी भएकी हुन् । दाहालको पक्षमा तुलसाले स्थानीयतर्फ १४० मत प्राप्त गरेकी छन् भने प्रदेशतर्फ ५६ मत प्राप्त गरेकी हुन् ।

कांग्रेस र समाजवादीको गठबन्धनबाट कांग्रेसकी उम्मेदवार नगिना यादवले स्थानीयतर्फ १३० मत प्राप्त गरेकी हुन् भने प्रदेशतर्फ ५० मत प्राप्त गरेकी हुन् । उनले कुल मतभार ४७४० प्राप्त गरेकी छन् ।

प्रकाशित समय १८:३७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु