fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ सापकोटालाई सभामुख बनाउन ‘ओली सहमत’, ४ बजे सचिवालय बैठक बस्दै

सापकोटालाई सभामुख बनाउन ‘ओली सहमत’, ४ बजे सचिवालय बैठक बस्दै

सांसद अग्नि सापकोटालाई सभामुख बनाउन प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज भएको छलफलमा ओली सापकोटालाई सभामुख बनाउन सहमत भएका हुन् ।

यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएसँगै सभामुख पद खाली थियो । त्यससँगै पूर्वमाओवादीले नै सभामुख पाउनुपर्ने अडान प्रचण्डले लिएपछि नेकपामा विवाद बढेको थियो । सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति नहुँदा संसदको हिउँदे अधिवेशनसमेत प्रभावित हुँदै आएको थियो ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले समेत सभामुख दाबी गरेपछि विवाद झनै चर्किएको थियो । यही बीचमा ओली र प्रचण्ड बसेर विवाद सुल्झाएका हुन् । सभामुखमा सहमति जुटेसँगै नेकपा सचिवालयको बैठक बोलाइएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले अपराह्न ४ बजेका लागि नेकपा सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

प्रकाशित समय १५:१३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु