fbpx

गृहपृष्ठ ‘लोकतन्त्र निरन्तर सुदृढ हुने व्यवस्था हो’

‘लोकतन्त्र निरन्तर सुदृढ हुने व्यवस्था हो’

फाइल तस्बिर

प्रदेश १ का उपसभामुख सरस्वती पोखरेलले लोकतन्त्र निरन्तर प्रक्रिया भएकाले यो सुधार र सुदृढ हुँदै जाने बताएकी छन् । फ्रिडम फोरमद्वारा आज यहाँ आयोजित ‘खुला संसद् : अवधारणा र अभ्यास’ छलफल कार्यक्रमलाई उनले सम्बोधन गर्दै संसद्लाई निष्क्रिय हुन नदिन सबैको सक्रिता आवश्यक रहेको बताइन् ।

उनले संसदमा निर्माण हुने कानुनको विषयगत समितिमा लगेर दफाबार छलफलमा विशेषज्ञसमेतको राय र सुझावबाट पारित भइरहेका कानुनले प्रदेशलाई समृद्ध बनाउन मद्दत गर्ने विचार व्यक्त गरिन् । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सभा जनताका प्रतिनिधि भेला हुने थलो भएकाले यसको प्रभावकारिता बढाउन नागरिक समाज र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरलले हरेक सरकार खुला, पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिए । फोरमका संस्थापक एवं कार्यकारी प्रमुख तारानाथ दाहालले प्रदेश सभाका हरेक गतिविधिको अभिलेख राख्नुपर्ने धारणा व्यक्त गरे । फोरमकै कृष्ण सापकोटाले खुला सरकारका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा पत्रकार गणेश लम्साल, मोहम्मद सदरुल, विवेक गौतम, लीला वल्भव घिमिरे, कानुन व्यवसायी विकास थापाले पनि प्रदेश सभाका गतिविधिबारे चर्चा गरेका थियो । (रासस)

 

प्रकाशित समय १४:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु