fbpx
Rashifal Ad

गृहपृष्ठ अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन

अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन

Nepali-Congress-Party-Office

नेपाली कांग्रेसले ६ सदस्यीय अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरेकाे छ । समितिकाे संयाेजक केन्द्रीय सदस्य रमेश लेखक छन् ।

मंसिर १४ गते हुने उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि पार्टीको विधानबमोजिम समन्वय समिति गठन गरिएको कांग्रेसले  जनाएकाे छ ।केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सिताराम केसी, अधिवक्ताहरू तेज रावल र केशव रिजाल समितिमा सदस्य छन् ।

समितिलाई निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए/नभएको अनुगमन गर्ने, उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए/नभएको हेर्ने कार्य क्षेत्र तोकिएकाे छ । उपनिर्वाचन हुने सबै स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गर्ने र उक्त समितिलाई आवश्यक निर्देशन दिने पनि समन्वय समितिले काम गर्नेछ ।

यसका साथै उपनिर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उचित सुरक्षा व्यवस्थापनको अवस्था हेरी सो सम्बन्धमा निर्वाचन आयोग तथा सम्बन्धित निकायको ध्यानाकर्षण र समन्वय गर्ने गराउने समितिकाे जिम्मेवारी ताेकिएकाे छ । उपनिर्वाचनमा पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरुलाई पार्टीका पक्षमा प्रचारप्रसार गर्न, बढीभन्दा बढी मतदातालाई मतदान गर्न उत्प्रेरित गर्ने, स्वच्छ, स्वतन्त्र रुपले मतदान कार्य सम्पन्न गर्न र मतगणना लगायतका कार्य व्यवस्थित गर्न क्रियाशील हुने समितिकाे कार्य क्षेत्र रहेकाे छ ।

समितिले पार्टीको उम्मेदवार, निकाय र सदस्यहरुबाट निर्वाचन कानून र आचारसंहिता र पार्टी विधानको परिपालना हुने अवस्था सुनिश्चित गर्ने र अन्य पार्टी वा उम्मेदवारबाट निर्वाचनसम्बन्धी कानून वा आचारसंहिता उल्लंघन भएमा उचित कानूनी कारवाहीका लागि आवश्यक प्रक्रिया अपनाउनेछ।

प्रकाशित समय १७:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु