fbpx
Rashifal Ad

गृहपृष्ठ धरानमा मतदाता फकाउँदै नेकपा

धरानमा मतदाता फकाउँदै नेकपा

मंसिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिएसँगै ठूलासाना सबै दलहरु मतदातासमक्ष मत माग्दै चुनावी प्रचारप्रसारमा होमिएका छन् । यसै क्रममा नेपाल कम्युनिष्ट पार्टीले पनि नगर प्रमुखका लागि निर्वाचन हुन लागेको धरान उपमहानगरपालिकामा पनि चुनावी अभियान र घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ ।

धरानका विकट मानिएको वडा नं. ४, ५ र ६ मा घरदैलो सम्पन्न गरिसकेको नेकपा शनिबार धरान– ८ का मतदातासमक्ष पुगेको छ । नेकपाका तर्फबाट धरान उपमहानगरपालिकाका मेयरका प्रत्यासी प्रकाश राईले यस पटकको निर्वाचनमा आफूलाई जिताउन आग्रह गरे ।

उनले नेकपाले धरानको विकासमा धरै महत्वपूर्ण कामहरु गरेको बताउँदै विगतमा मेयर स्व. तारा सुब्बाले अघि सारेको विकासको मोडललाई पूरा गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित समय १९:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु