fbpx
Rashifal Ad

गृहपृष्ठ प्रदेश २ को नाम मधेस !

प्रदेश २ को नाम मधेस !

lalbabu_raut_newskarobar फाइल तस्बिर

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को नाम मधेस रहने बताएका छन् । प्रदेश २ सरकारले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘प्रदेश सभामा प्रस्ताव गइसकेकाले प्रदेशको नाम अविलम्ब घोषणा हुन्छ, प्रदेशको नाम ‘मधेस’ नै रहन्छ ।’

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रदेश २ लाई दुई नम्बरी ट्यागबाट चाँडो मुक्त गर्न सुझाव दिएपछि उनले यस्ते बताएका हुन् । यादवले ‘यथासम्भव चाँडो प्रदेशको नामकरण गरी ‘दुई नम्बरी ट्याग’ बाट मुक्त गर्न’ सुझाव दिएका थिए ।

तर, प्रदेशसभामा प्रदेशको नाम र स्थायी राजधानीबारे प्रस्ताव पेस भएको झन्डै तीन महिना बित्न लागे पनि सरकारले चासो दिएको छैन । प्रदेशसभामा सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेस, नेकपाले जानकी र नेपाली कांग्रेसले मिथिला-भोजपुरा हुनुपर्ने भन्दै प्रस्ताव पेस गरेका छन् ।

प्रकाशित समय २१:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु