fbpx

गृहपृष्ठ व्यवस्था सुधारका लागि वैकल्पिक राजनीतिमा लागेकी हुँ : रजनी केसी

व्यवस्था सुधारका लागि वैकल्पिक राजनीतिमा लागेकी हुँ : रजनी केसी

sajha party_rajani kc (1)

साझा पार्टीको तर्फबाट कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार घोषित भइसकेपछि रजनी केसीले व्यवस्था सुधारका लागि आफू वैकल्पिक राजनीतिमा लागेको बताएकी छन् । त्यही व्यवस्था परिवर्तनका लागि आफ्नो उम्मेदवारी रहेको उनको भनाइ थियो ।

बुधबार पोखरामा भएको साझा पार्टीको उम्मेदवार घोषणा कार्यक्रममा उनले आफू सानैदेखि परिवर्तनको पक्षमा लागेको मान्छे भएको पनि उल्लेख गरिन् । ‘विगतमा जुन पार्टीमा थिएँ, त्यस पार्टीको जस्तो परिपाटीबाट परिर्वतन सम्भव नदेखेकोले साझा पार्टी रोजेकी हुँ,’ उनले भनिन्, ‘पार्टीले विश्वास गरेर कुनै बार्गेनिङविना नै उम्मेदवारको रुपमा मलाई प्रस्तुत गरेको हो । चुनावमा अवश्य नै हामीलाई जनताले साथ दिनेछन् ।’

उम्मेदवार घोषणासँगै साझा पार्टीले कास्कीमा चुनावी अभियानलाई तीव्रता दिएको छ । केन्द्रीय कमिटिको बैठकबाट निर्णय गरेर साझाले रजनीलाई उम्मेदवारको रुपमा अगाडि ल्याएको हो ।

उपनिर्वाचनका लागि कास्की क्षेत्र नं. २ उम्मेदवार घोषणा गर्ने साझा पहिलो पार्टी बनेको छ । पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले पत्रकार सम्मेलनमार्फत रजनीलाई उम्मेदवार घोषणा गर्ने पार्टीको निर्णय सुनाएका थिए ।

सो अवसरमा बोल्दै साझा पार्टीका नेताहरुले चुनाव जित्नका लागि पार्टीको एजेण्डा नै काफी भएको बताए । ‘एकातिर सत्ता पक्षप्रति देखिएको निराशा र प्रमुख प्रतिपक्षी दलको निकम्मापना । यी दुई कुरालाई गम्भिर रुपले लिने मतदाताको विकल्प हामी हौँ,’ पार्टीका संयोजक रवीन्द्र मिश्रले भने, ‘यो वैकल्पिक शक्ति र पुराना शक्ति बीचको जनमत संग्रह पनि हो ।’

यो पटक साझाबाट उम्मेदवार बनेकी केसी यसअघि नेपाली कांग्रेसमा आवद्ध थिइन् । साझा पार्टीमा पूर्णकालीन राजनीति गर्न उनले पोखरा विश्वविद्यालयको जागिरबाट राजिनामा दिएकी थिइन् ।

प्रकाशित समय १८:२० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु