गृहपृष्ठ कम्युनिस्टहरु चिल हुन्, उड्न थालेपछि कसैले भेट्दैन : प्रचण्ड
कम्युनिस्टहरु चिल हुन्, उड्न थालेपछि कसैले भेट्दैन : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पार्टी निर्माणमा ठूलो फड्को मारिने बताएका छन् । शुक्रबार नेकपा सम्पर्क समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘झन्डै एक वर्ष कुखरासँग लुटपुटियौं, अब चिलझैं उडान भर्छौं ।’
पार्टी एकतापछि एक वर्ष १० लाख कार्यकर्ता निष्क्रिय बस्दा ठूलो क्षति भएको भन्दै उनले १५ महिना लगाएर भए पनि पार्टी एकता टुंगिनु उपलब्धिमूलक भएको बताए । ‘कम्युनिस्टहरु चिल हुन्, उड्न थालेपछि आकासको त्यो उचाइमा पुग्छन्, जहाँ अरु पुग्न सक्दैननन्,’ उनले भने ।
प्रतिक्रियावादीको दयाले नभई नेतृत्वको असाधारण पहलकदमी र आफ्नै पौरखले यो ठाउँमा आइपुगेको उनले बताए ।
प्रकाशित समय १८:१३ बजे