fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ नेकपा विराटनगर महानगरको अध्यक्षमा सागर थापा

नेकपा विराटनगर महानगरको अध्यक्षमा सागर थापा

sagar thapa-newskarobar

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विराटनगर महानगर अध्यक्षमा सागर थापा चयन भएका छन् । नेकपाको शनिबार बसेको सचिवालय बैठकले तत्कालीन नेकपा एमालेका नगर इन्चार्ज थापालाई अध्यक्ष चयन गरेको हो ।

जिल्ला कमिटी सरहको हैसियत भएको महानगरको सचिवमा हेम कार्की छानिएका छन् । कार्की नेकपाका प्रदेश कमिटी सदस्य छन् । महानगरको सचिवमा नमिता न्यौपानेको दाबी थियो । उनी साविक नेकपा माओवादी केन्द्रका नगर संयोजक हुन् ।

यसअघि पार्टी केन्द्रले बनाएको मापदण्ड साविकको पार्टीका अध्यक्षमध्ये बाटै अध्यक्ष र सचिव बनाउने थियो । तर, विराटनगरमा भने त्यो तोडिएको छ । साविक एमालेबाट मापदण्डअनुसार थापा अध्यक्ष बने पनि साविक माओवादी केन्द्रबाट भने नेताहरूको स्वार्थका कारण कार्की सचिव बनेका हुन् । यसअघि कार्कीले अध्यक्ष दाबी गर्दै आएका थिए ।

मापदण्डविपरीत महानगरको जिम्मेवारी तोकिएकै कारण जिल्ला सदस्यले प्रदेश सदस्यको नेतृत्व गर्ने अवस्था बनेको छ । महानगरको अध्यक्ष बनेका थापा पार्टीका जिल्ला सदस्य हुन् भने सचिव हेम कार्की प्रदेश कमिटी सदस्य हुन् । नेकपाले विराटनगरसहित शनिबार ६ वटै महानगरको नेतृत्व टुंगो लगाएको छ ।

यस्तै काठमाडौंमा निर्मल देउला र रविन्द्र श्रेष्ठ, ललितपुरमा मन्जली शाक्य र ज्ञानेन्द्र शाक्य, पोखरामा दीपक पौडेल, विश्वप्रकाश लामिछाने, भरतपुरमा रामप्रसाद न्यौपाने, ईश्वर सापकोटा र वीरगन्जमा रहबर अन्सारी, डा. विश्वम्भर शर्मा क्रमशः अध्यक्ष र सचिवमा मनोनित भएका छन् ।

प्रकाशित समय १९:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु