fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ दोलखा-काठमाडौं सम्पर्क समितिको शुभकामना आदानप्रदान

दोलखा-काठमाडौं सम्पर्क समितिको शुभकामना आदानप्रदान

raktadan-congrass-newskarobar सांकेतिक तस्बिर

नेपाली कांग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिले बडादसैं, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । पशुपति बहुमुखी क्याम्पस मित्रपार्क चाबहिलमा भएको कार्यक्रममा शुभकामना आदानप्रदानका साथै रक्तदान गरिएको छ । कार्यक्रममा ४० जनाभन्दा बढीले रक्तदान गरेका छन् ।

शुभकामना आदानप्रदान कार्यक्रममा सांसद जिपछिरिङ लामा, वैत्येश्वर गाउँपालिकाका प्रमुख छवि लामा, नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्ले, युवा नेता सन्तोष पाण्डे, सम्पर्क समितिका उपाध्यक्ष कृष्णध्वज योञ्जनलगायतको सहभागिता रह्यो । सोही अवसरमा नेपाल कम्युनिस्ट पार्टी नेकपा परित्याग गरी कालिञ्चोक गाउँपालिकाका १० जनाभन्दा बढी कांग्रेसमा प्रवेश गरेका छन् ।

सधैं भाषण, एक अर्काबीच आरोप प्रत्यारोप हुने कांग्रेसका कार्यक्रम यसपटक भाषणरहित र सौहाद्र्रपूर्वक सम्पन्न भएको सम्पर्क समितिका सभापति गोपाल घिमिरेले बताए । नेपाली कांग्रेसको दोस्रो जागरण अभियानको सन्दर्भमा रक्तदान कार्यक्रम राखिएको हो ।

प्रकाशित समय १९:५३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु