गृहपृष्ठ बाँकेमा कांग्रेस कार्यकर्तामाथि भएको आक्रमणको संसदमा चर्को विरोध

बाँकेमा कांग्रेस कार्यकर्तामाथि भएको आक्रमणको संसदमा चर्को विरोध

samsad-newskarobar

बाँकेमा कांग्रेस कार्यकर्तामाथि भएको आक्रमणको कांग्रेस सांसदहरुले संसदमा चर्को विरोध गरेका छन् । जागरण अभियानमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकै कार्यकर्ताद्वारा आक्रमण भए पनि कारबाही नभएको भन्दै सांसदहरुले विरोध गरेका हुन् ।

सांसद अमरेशकुमार सिंहले ‘माथिकै निर्देशनमा घटना भएको आरोप लगाए । घटनाको सांसदहरु वालकृष्ण खाण, दिलेन्द्रबहादुर बडू, सरिता गिरीलगायतले किटानी जाहेरी दिँदा पनि किन दोषीलाई कारबाही भएन भन्दै प्रश्न गरेका छन् । सांसदहरुले घटना प्रायोजित भएको आरोप लगाएका छन् । कांग्रेस सांसदहरूले प्रहरी प्रशासन र शक्तिको दुरुपयोग गरेको आरोप पनि लगाएका छन् ।

घटनामा बाँके सभापति किरण कोइरालाको हात भाँचिएको छ अन्य केही कांग्रेस कार्यकर्ता घाइते भएका थिए ।

गृहमन्त्री रामबहादुर थापा बादलले भने सरकारले घटनालाई गम्भीर रुपमा लिएको जवाफ दिएका दिए ।

प्रकाशित समय १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु