fbpx
Nepal Mediciti

गृहपृष्ठ वाइसिएल र युवा संघको एकता अन्तिम चरणमा

वाइसिएल र युवा संघको एकता अन्तिम चरणमा

merger-newskarobar

तत्कालीन वाइसिएल नेपाल र युवा संघ नेपालबीचको एकता अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई अन्तिम रुप दिन शुक्रबार राष्ट्रिय युवा संघ नेपालको पदाधिकारीको संयुक्त बैठक बोलाइएको छ ।

संघको बुधबार बसेको बैठकले साविक युवा संघ नेपालबाट १७६ र साविक वाइसिएल नेपालबाट १५५ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । बैठकले चारजना सदस्य पछि मनोनीत गर्ने निर्णय गरेको छ ।

यस्तै केन्द्रीय समितिको एक तिहाइले हुन आउने १११ सदस्यीय सचिवालयमा साविक वाइसिएल नेपालबाट ५२ र युवा संघ नेपालबाट ५७ सदस्य चयन गर्ने सहमति भएको छ । बैठकले केन्द्रीय कार्यालयको नौ सदस्यका लागि साविक युवा संघ नेपालबाट पाँच र वाइसिएलबाट चार सदस्य गर्ने निर्णय गरेको छ ।

बैठकले संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहने टुंगो लगाएको छ । संघको प्रस्तावित मस्यौदा विधान बैठकले पारित गरेको छ । सात प्रदेशमध्ये तीनमा वाइसिएल र चारमा युवा संघले संगठनको नेतृत्व गर्नेगरी नेतृत्वको विषयलाई टुंग्याइएको छ ।

त्यस्तै ७७ जिल्लामध्ये ४२ जिल्लामा युवा संघ र ३५ जिल्लामा वाइसिएलले संगठनात्मक जिम्मेवारी लिनेछ । शुक्रबार पेरिसडाँडामा केन्द्रीय कार्यालयको उद्घाटन तथा पदभार ग्रहणको कार्यक्रम राखिएको संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए । (रासस)

प्रकाशित समय १५:४५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु