fbpx

गृहपृष्ठ सरकारप्रति जनतामा वितृष्णा बढ्यो : गच्छदार

सरकारप्रति जनतामा वितृष्णा बढ्यो : गच्छदार

bijaya-gachchhadar-newskarobar

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारप्रति जनतामा वितृष्णा बढेको बताएका छन् । उनले विभिन्न समयमा देशभरि देखिएको असन्तृष्टि मुलुकको राज्य व्यवस्थाप्रति नभई सरकारप्रति भएको तर्क गरे ।

सुनसरीको इनरुवामा आयोजित कांग्रेसको दोस्रो चरणको जनजागरण अभियानलाई सम्बोधन गर्न आएका गच्छदारले विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘वर्तमान सरकारले जनअपेक्षा र संविधानअनुसार काम गर्न नसकेका कारण जनतामा निरासा छाएको छ ।’ उपसभापति गच्छदारले आफ्नो कमी कमजोरी लुकाउन राज्य व्यवस्थाप्रति षड्यन्त्र भइरहेको भनेर सरकारले नै प्रचार गरेको उनको आरोप छ ।

उनले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र संघीयता स्थापित भइसकेकाले राज्य व्यवस्था परिवर्तन हुने कुरा कल्पनासमेत गर्न नसकिने बताए । पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै गच्छदारले आफूले नेपाली कांग्रेस छाडेर जाने वा अरु नै पार्टी खोल्ने कुरा भ्रामक र कपोलकल्पित भएको बताए । उनले कांग्रेस र तत्कालीन फोरम लोकतान्त्रिकबीच भएको सहमतिअनुसार जिल्ला, प्रदेश र केन्द्रमा नेता तथा कार्यकर्तालाई सहभागी गराउने छलफल चलिरहेको र त्यो विषय चाँडै टुंगिने दाबी गरे ।

प्रकाशित समय १८:१० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु