fbpx
Nepal Mediciti

गृहपृष्ठ नेकपा प्रदेश २ मा विवाद चुलियो, फेरि रोकियो शपथ ग्रहण

नेकपा प्रदेश २ मा विवाद चुलियो, फेरि रोकियो शपथ ग्रहण

प्रभु साहलाई कारबाही माग

Satya-Naran-Mandal-newskarobar

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश २ मा जिल्ला कमिटीको चयनमा मनपरी भएको भन्दै विवाद चुलिएको छ । पटक-पटक जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रम तय हुँदै रोकिँदै आएको छ ।

मंगलबार महोत्तरीको बर्दिबासमा पूर्वनिधारित शपथ ग्रहणको कार्यक्रम स्थगित भएको नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले जानकारी दिए । नेकपा प्रदेश कमिटी इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमनराज प्याकुरेलले बलजफ्ती प्रदेशका ६ जिल्लाका विवादित जिल्ला कमिटीलाई मंगलबार महोत्तरीको बर्दिबासमा शपथ गराउने तयारी गरेका थिए ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको जिल्ला कमिटी एकीकरण प्रक्रियासँगै गठित जिल्ला कमिटीमा मनपरी भएको भन्दै नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन् । मंगलबार बर्दिवासमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही र रौतहट गरी ६ जिल्ला कमिटीको शपथ गराउने तयारी गरिएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको प्रदेश कमिटीले जनाएको छ ।

जिल्ला कमिटीको शपथ ग्रहण गराउनका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल आउने तयारी थियो । जिल्ला कमिटी गठन भएसँगै असन्तुष्ट पक्षधरहरुले शपथ ग्रहण कार्यक्रम बिथोल्ने गरी तयारी गरेकाले हुने विवादलाई मध्यनजर गरी अन्तिम चरणमा आएर कार्यक्रम स्थगित भएको हो ।

‘जिल्ला कमिटी गठन गर्दा धनुषामा साविकको एमाले र माओवादीबाट ७५/७५ जना गरी १५० सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । धनुषामा साविकमा नेकपा माओवादीको ७५ सदस्यीय जिल्ला कमिटी र साविक नेकपा एमालेका ७५ जनाको जिल्ला कमिटी थियो । तर, नेकपाको जिल्ला कमिटी बनाउँदा साविकको माओवादी संगठनका सबै सदस्य राखिए पनि एमालेबाट ७५ जनामध्ये २२ जनालाई हटाएर नयाँ अनुहार राखेपछि धनुषा जिल्ला कमिटी विवादित भएको हो ।

एमालेको तत्कालीन जिल्ला कमिटीमा तल्लो निकायबाट चयन हुँदै अधिवेशनबाट निवार्चित भएका रामप्रवोध महतो, रामईश्वर कापर, राजकुमार मण्डल, राजकुमार यादव, शेष हसन, सुमित्रा आमात्य, पुरुषोत्तम लामा, भगवानदत्त साह, रामप्रसाद महतो, रामबाबु पुर्बे, केदार अधिकारी, रामचन्द्र सिंह, रामदयाल दास, शीला यादव, सुकेश मण्डल, विनोद पासवान, लक्ष्मेश्वर यादव, दिलिप दास, सुरेन्द्र साह, दूर्गाप्रसाद साह, मानबहादुर पौडेल र रिता भट्टराईको नाम हटाइएको छ ।

धनुषा नेकपाका नेता एवं भौतिक यातायात तथा पूर्वाधारमन्त्री रघुवीर महासेठको पहलमा पार्टीको संगठित सदस्यता नै नभएका दिपेन्द्र यादव, रामबाबु पंजियार, सुरेन्द्र भण्डारी, रामबाबु साह, मुन्नी दास, अनिल यादव, अनिता साह, भारती सिंह, महेन्द्र यादव, अजय यादव र सञ्जीव यादव, जोगो यादव, चन्दर यादव, राजु गुप्ता, उमेश साह, बाबुसाहेब यादव, लालजी साह, रामकुमार महतो, कौशिला यादव र सविन थापालाई जिल्ला सदस्यमा मनोनयन गरिएको एमालेका तत्कालीन जिल्ला सदस्य रामप्रमोद महताले जानारी दिए ।

प्रभु साहलाई कारबाही माग

जिल्ला कमिटी विवादित भएको भन्दै प्रदेश अध्यक्ष प्रभु साहलाई कारवाही गर्न नेकपा सचिवालयमा निवेदनसमेत परेको छ । जिल्ला कमिटी गठन भएर पनि लामो समयसम्म शपथ ग्रहण नहुँदा अध्यक्ष साहले अध्यक्ष प्रचण्डसमक्ष राजीनामा माग गरेका थिए ।

सोमबार अवेर साँझसम्म काठमाडौंमा विवाद नहुने गरी जिल्ला कमिटीको शपथ गराउन नेकपाका शीर्ष नेताबीच छलफल भएको थियो । छलफलका क्रममा कुराकानी नमिलेपछि विवादित जिल्ला कमिटीबारे पछि सहमति गर्ने गरी तत्कालका लागि स्थगित गरिएको पार्टी स्रोतले जनाएको छ । काठमाडौंमा नेताहरुले विशेष गरी विवादित धनुषा जिल्ला कमिटीमा सदस्य संख्या थपेर भए पनि विवाद नहुने गरी शपथ गराउन अडान लिएकाले पूर्वनिधारित मंगलबारको कार्यक्रम स्थगित गरिएको एक नेताले जानकारी दिए ।

शपथ ग्रहण रोक्ने पक्षमा प्रदेश कमिटीका सहइन्जार्चहरुमा महेन्द्र पासवान र नागेन्द्र चौधरी छन् भने प्रदेश इन्चार्ज सत्यनारायण मण्डल तटस्थ देखिएका छन् । धनुषाका सहइन्जार्चहरु लाल गोइत, यदुवंश झा, शत्रुधन महतो र श्रीप्रसाद साह पनि रोक्नेमा छन् भने योगनारायण यादव तटस्थ देखिएका छन् ।

प्रकाशित समय ०७:१३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु