fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ नेता-कार्यकर्तालाई देउवाको प्रश्न- रूख खोई ?

नेता-कार्यकर्तालाई देउवाको प्रश्न- रूख खोई ?

sherbdr-deuwa-newskarobar फाइल तस्बिर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता कार्यकर्तालाई रुख खोई भन्दै प्रश्न गरेका छन् । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा चारतारे झन्डामात्र देखेपछि कांग्रेस सभापति देउवाले भने, ‘अरु पार्टीको कार्यक्रममा झण्डासँगै चुनाव चिह्न पनि राखेको हुन्छ, यहाँ रुख कहीँ छ ?  चारतारे झण्डामात्र छ ।’

कार्यक्रममा कांग्रेस सभापति देउवाले चुनाव जित्ने प्रशिक्षण दिने बेला आएको बताए । अहिलेको राजनीति भोटको राजनीति भएकाले मिठो भाषणले मात्र चुनाव नजितिने उनको बुझाइ छ । देउवाले नेताहरूलाई जनतामा जान आग्रह गरे । ‘भाषणले भोट आउने भए मलाई भन्दा धेरै राम्रो बोल्न आउने नेता छन् तर उनीहरू हारे,’ उनले भने, ‘अब चुनाव कसरी जित्ने भनेर प्रशिक्षण दिनुप-यो ।’

कांग्रेस अरू पार्टीभन्दा धेरै समावेशी भए पनि त्यसअनुसार भोट नआएको उनको बुझाइ छ । सभापति देउवाले अन्तर्घात गर्ने र नेतृत्वविरुद्ध बोल्नेलाई अनुशासनको कारबाही गर्नुपर्ने बताए । ‘अन्तरघात गर्नेहरुलाई कारबाही नगर्ने हो भने कांग्रेसले कहिल्यै चुनाव जित्दैन,’ उनले भने, ‘जथाभावी होइन, बदमासी गर्नेलाई प्रमाणका आधारमा कारबाही गर्ने हो । नभए यो अराजक पार्टी भइहाल्छ नि ।’

प्रकाशित समय १५:२५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु