fbpx
Nepal Mediciti

गृहपृष्ठ नेकपाको स्कुल विभाग ईश्वर पोखरेललाई, वामदेवलाई संगठन

नेकपाको स्कुल विभाग ईश्वर पोखरेललाई, वामदेवलाई संगठन

नेपाल कम्युनिस्ट पार्टी नेकपाले लामो रस्साकस्सीपछि स्कुल विभाग प्रमुखको टुंगो लगाएको छ । शुक्रबार बसेको नेकपा सचिवालय बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको हो ।

स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाललगायतका आठ नेताको नाम आएको थियो । त्यसमा पनि पोखरेल र नारायणकाजीको नाममा विवाद नै बढेको थियो । नेकपाका अधिकांश नेता कार्यकर्ता भने भुसाललाई स्कुल विभागको जिम्मेवारी दिनुपर्ने पक्षमा थिए ।

तत्कालीन एमालेले पोखरेल र तत्कालीन माओवादीले श्रेष्ठको नाममा अडान लिएपछि स्कुल विभाग प्रतिष्ठाको विषय बनेको थियो । शुक्रबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा स्कुल विभागको प्रमुखको टुंगो लागेको थियो ।

बैठकले संगठन विभाग प्रमुखको जिम्मा बामदेवलाई दिएको छ । विदेश विभाग प्रमुखको माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठानको झलनाथ खनाल, प्रचारको नारायणकाजी र अर्थ विभाग प्रमुखको जिम्मेवारी सुरेन्द्र पाण्डेले पाएका छन् ।

उपाध्यक्षमा बामदेव सिफारिस

नेकपाको उपाध्यक्षमा बामदेव सिफारिस भएका छन् । सचिवालय बैठकले वामदेवलाई उपाध्यक्ष सिफारिस गरेको हो । सचिवालयको निर्णयलाई स्थायी समिति बैठकले अनुमोदन गर्नुपर्नेछ ।

प्रकाशित समय १५:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु